काका सामुदायिक सिकाइ केन्द्र
KAKA साधारण सभाबाट निर्णय भएको एक ब्रान्ड नाम हो । यसलाई अनौपचारिक शिक्षा क्षेत्रमा कार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरुले काका सामुदायिक सिकाइ केन्द्र भनेर बुझ्दछन । यो मधेस प्रदेशको सर्लाही जिल्ला, बलरा नगरपालिका वडा नं. ४, नेपालमा स्थित छ । यसको स्थापना स्थानिय समाजसेवी तथा शैक्षिक अभियन्ता डा. कमलेश्वर कुमार सिन्हाबाट वि.संं. २०५९ सालमा भई, नेपाल सरकार, शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रको चलानी नं. ६२०–२०५९/२०६० बाट स्वीकृती पाएर सक्रियरुपमा कार्यक्षेत्रमा अगाडि बढिरेको छ । सामुदायिक सिकाइ केन्द्रको अवधारणा जापानबाट नेपालमा २०५९ सालमा आएको र सोही बमोजिम स्वीकृति पाएको पहिलो समूहमा नै पर्ने काका सामुदायिक सिकाइ केन्द्र हो ।
समुदायको शिक्षा, सिकाइ तथा बिकासको लागि स्थानीय समुदायद्वारा व्यवस्थित गरी समुदायको इच्छा, आकांक्षा, एवं आवश्यकता अनुसार विभिन्न कार्यक्रम संचालन गर्ने एक शैक्षिक संस्थाको रुपमा सामुदायिक सिकाइ केन्द्र हो । समुदायद्वारा, समुदायकोलागि, समुदायबाटनै व्यवस्थित गरी संचालित शैक्षिक संस्था भएकाले यसलाई सामुदायिक सिकाइ केन्द्र भनिएको हो यसले विविध सिकाइको सम्भाबना बाट समुदायको विकास तथा सुधार गरी औपचारिक शिक्षाको दायरा भन्दा बाहिर रही समुदायको जीबन शैलीमा आमूल परिर्बतन ल्याउँछ । स्थापना,सञ्चालन तथा व्यवस्थापन समुदायद्वारा हुने र स्वामित्व पनि समुदायमा नै रहने हुँदा समुदायमा आधारित नाफारहित एक सार्वजनिक र सामाजिक संस्था हो ।
सर्लाही जिल्लामा रहेका ४वटा सामुदायिक सिकाइ केन्द्र मध्ये काका नै नेपाल सरकारको लक्ष्य बमोजिम सक्रिय र प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ । पूर्वनिर्धारित लक्ष्य एवं सही रणनीतिक कार्यान्वयनका कारण काका नै अवसरबाट वञ्चित र सिमान्तकृत स्थानीय समुदायलाई दैनिक तथा सामाजिक जीवनका लागि उपयोगी ज्ञान, सीप तथा प्राविधक एवम् आर्थिक सहयोग दिने मौका पाइरहेको छ । यस संस्थाको प्रमुख उद्देश्य स्थनीय समुदायको आवश्यकता अनुसार साक्षरता, निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ तथा सामुदायिक विकास कार्यक्रम पहिचान, व्यवस्थापन, कार्यान्वयन तथा समन्वय र सामुदायिक सूचना केन्द्रसमेतको कार्य गर्नु हो ।
काका सामुदायिक सिकाइ केन्द्रको संक्षिप्त विवरण
१.१ संस्थाको नामः काका सामुदायिक सिकाइ केन्द
१.२ ठेगानाः बलरा नगरपालिका वडा नं.०४, काकाटोल बलरा ,सर्लाही
१.३ स्थापनाः २०५९ साल
१.४ स्वीकृतिः अनौपचारिक शिक्षा केन्द्र, शिक्षा मन्त्रालय,नेपाल सरकार ।
१.५ दुरदृष्टिः स्तरयुक्त जीवनयापनको लागि स्थानीय समुदायका सहभागीहरुलाई ज्ञान र सीपको अवसर दिनु ।
१.६ लक्ष्यः विशेषतः महिला र निरक्षरलाई मातृभाषाको माध्यमबाट जीवनोपयोगी सीप सिकाई, पूर्ण साक्षर र शसक्तिकरण गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउनु ।
१.७ आदर्शः “ विकासको लागि सतत आत्म– नवीकरण ”
१.८ लोगो र छापः
लोगोको माथिल्लो भागमा KAKA ब्रान्ड नाम लेखेकोछ । लागोको बीचमा बच्चा हाँसहरुले आमा हाँससँग पानीमा उत्रेर पौड्ने सीप सिकिरहेका छन् र आमा हाँसले आफ्ना बच्चाहरुलाई पौडने सीप सिकाइ रहेको तथा बच्चाहरु आमा हाँस भन्दा माथि रहेको दृश्य रहेको छ । स्थापना वर्ष मुनि लेखिएकोछ ।
छापको माथिल्लो भागमा केन्द्रको आदर्श नेपालीमा र त्यसको मुनि केन्द्रको नाम नेपालीमा लेखिएकोछ । छापको तल्लोभागमा केन्द्रको आदर्श अंग्रेजीमा लेखेकोछ त्यको माथि केन्द्रको ठेगाना नेपालीमा लेखिएकोछ । यसले संक्षेप र यथार्थमा काका सामुदायिक सिकाइ केन्द्रको इतिहास र लक्ष्यलाई व्यतिmहरु माझ प्रभावकारी रुपमा स्मरण गराउँदै छ कि सामाजिक विकास र परिवर्तनको लागि जीवन पर्यन्त सिकाइ र आत्म– नवीकरण आवश्यक छ ।
१.९ मुख्य उपलब्धि र पहिचानः
- संयुक्त राष्ट्र संघ नेपालले काका सामुदायिक सिकाइ केन्द्रलाई सन् २०१९ मा Implementing Partner घोषित गरेको ।
- UNESCO Kathmandu द्वारा सहकार्य गर्न चयन गरिएको देशभरिमा १५ वटा सामुदायिक सिकाइ केन्द्र मध्ये मधेश प्रदेशमा काका सामुदायिक सिकाइ केन्द एक मात्र रहेको
- यस केन्द्रले नेपाल सरकार, भाषा आयोगको बज्जिका भाषा इतिहास लेखन (२०७७) तथा बज्जिका भाषाको शब्दकोष (२०७८)र बज्जिका भाषाको ब्याकरण (२०७९) को निर्माण कार्यमा महत्वपूर्ण भूमिका खेलेको । बज्जिका मधेश प्रदेश को सरकारी कामकाजको भाषा मध्ये एक हो
- कक्षा १ (२०७७) र २ (२०७८) को लागि बज्जिका भाषामा लिखित पाठ्यपुस्तक यस केन्द्रले प्रकाशित गरी कक्षाकोठामा प्रयोग भई रहेको ।
- आफ्नो नाममा सुविधा सम्पन्न ठाउँमा १८७७१.७५ वर्ग फीट अर्थात ५ कठ्ठा ३ धुर जग्गा रहेको त्यसमा
-
- २००० वर्गफीटको १ तल्ले आधुनिक प्रशासनिक भवन ।
- ४००० वर्गफीटको अतिथिहरुकोलाई सुविधायुक्त अतिथिगृह ।
- १००० वर्गफीटको धर्मशाला संचालनमा ।
- १०००–१००० वर्गफीटको दुईटा तालिम हल संचालनमा ।
- १६०० वर्गफीटको काका अनौपचारिक विद्यालय प्रथम तह संचालन ।
- काका विपन्न तथा जेहनदार छात्रवृत्ति तथा सदैव..पुरस्कार संचालनमा रहेको ।
- इन्टरनेट सुविधा सहित पुस्तकालय र वाचनालय रहेको ।
- सामाजिक कार्यको लागि ७६ थान भाडा–वत्र्तन रहेको ।
- सिलाई तालिमकोलागि १० थान सिलाई मसिन रहेको ।
- आधुनिक प्रविधि अन्र्तगत कम्प्युटर,ल्यावटप,प्रोजेक्टर,प्रोजेक्टर स्क्रिन ,पोर्टेवल जनेरेटर यस केन्द्र संग भएको हुनाले विकट देखि विकट ठाँउमा पनि कार्यक्रम संचालन गर्ने क्षमता भ्एको ।
- आफ्नो नाममा अंग्रेजी र नेपालीमा दुई भाषामा वेबसाइट www.kakaclc.org.np भएको ।
- सामाजिक र धार्मिक कार्यको समुदायलाई ठाँउ उपलव्ध गराउन सक्ने ।
- नेपाल टेलिविजनबाट १३ मिनटको यस केन्द्रको गतिविधिलाई समेटी डकुमेनटरी प्रसारण ।
२. काका सामुदायिक सिकाइ केन्द्रको संगठन तालिका

३.महत्वपूर्ण अभिलेखहरु
- व्यवस्थापन समितिको निर्णय पूस्तिका
- वार्षिक कार्यक्रम र कार्यावन्यन प्रतिवेदन
- अनुगमन अभिलेख
- लेखा परीक्षण
- सामाजिक परीक्षण
- साधारण सभा
- वार्षिक प्रतिवेदन
- EMIS REPORT
४. आम्दानीको स्रोत
४.१ नगरपालिकाबाट प्राप्त अनुदान ।
४.२ सदस्यता शुल्क ।
४.३ भाँडा बहालबाट आम्दानी ।
४४ सिलाई मसीनको बहालबाट आम्दानी ।
४.५ तालिम हलको बहालबाट आम्दानी ।
४.६ घरबहालको आम्दानी ।
४.७ मधेश प्रदेश र संघीय सरकारबाट प्राप्त आर्थिक सहयोग ।
५. भावी कार्यक्रमहरु
५.१ केन्द्रको संस्थागत सुदृढीकरण तथा संरचनागत क्षमता अभिवृद्धि गर्ने ।
५.२ केन्दबाट सूचना सहित एकीकृत सामाजिक सेवा प्रवाहको नीतिलाई कार्यावन्यन गर्ने ।
५.३ सतत आत्म–नवीकरणको लागि जीवनोपयोगी सिप,निरन्तर तथा जीवनपर्यन्त सिकाइ केन्द्रको थलोको रुपमा विकास गर्ने ।
५.४ पुस्तकालय÷वाचनालयको आधुनिकरण गर्ने ।
५.५ परम्परागत ज्ञान, सीप हस्तान्तरणलाई निरन्तरता दिने।
५.६ स्थानीय तहके ध्यचपष्लन जबलम को रुपमा काम गरी विकास कार्यमा संलग्न हुने ।
५.७ काका सदैव..पुरस्कारलाई व्यापक प्रचार प्रसार गरी प्रभावकारिताको वातावरण सृजना गर्ने ।
५.८ बृक्षारोपणको माध्यमले हरित समुदायको अवधारणा कार्यावन्यन गर्ने ।
६. प्रमुख चुनौतीहरु
६.१ सरोकारवालामा अपनत्वको वोध गराउनु ।
६.२ स्थानीय सरकारसंग सहकार्य कार्यलाई सम्बर्द्धन गर्ने ।
६.३ केन्द्रको कार्यक्रममा समुदायको उतसाहजनक सहभागिता बढाउनु ।
६.४ आर्थिक तथा प्राविधिक स्रोतलाई दिगो बनाउनु ।
७. अनुदान तथा सहयोगका लागि आवहृान
७.१ छात्रवृत्ति,पुरस्कार,सम्मान सहित समुदायलाई प्रेरित गर्ने कार्यहरुको लागि दिगो आर्थिक स्रोतको व्यवस्थापन ।
७.२ प्राविधिक सहयोग तथा सहजीकरणको लागि सुचिकुत हुनु ।
७.३ बस्तु तथा सामाग्रीको लागि सहयोग ।
अध्यक्षको कथन

अध्यक्ष
Management Committee
Mr. Kamleshwar Kumar Sinha Ph.D.
(Former Deputy Secretary General Nepal National Commission For UNESCO, Former Joint Secretary Government of Nepal ) Chairperson, KAKA Community Learning Center.
Mr. Kameshwar Prasad Singh
(Retired From Department of Forestry) Founder Chairperson, KAKA Community Learning Center.
Mr. Nagendra Prasad Singh
(Retired Headteacher) - Secretary, KAKA Community Learning Center.
Mr. Mani Vusan Singh
( Chairperson, Ward-04, Balara Municipality ) Member, KAKA Community Learning Center.