क्रियाकलापहरुः
१. पुरस्कार तथा सम्मान
साधारण सभाले आफ्नो कार्य कृषि,विकास,शिक्षा,वातावरण,स्वास्थ्य,महिला शसक्तिकरण र सामाजिक परिवत्र्तन क्षेत्रमा बर्षौ–वर्षौ काम गरी आफ्नो समुदायको लागि एक मान्य व्यक्तित्व कायम भइ स्थानीय व्यक्तिलाई आफ्नो क्षेत्रमा काम गर्न प्रेरित गर्ने ज्येष्ठ नागरिकहरुलाई काका सदैव…. पुरस्कार -KAKA ….Forever Award ) बाट सम्मान गर्ने परम्पराको शुरुवात गरेकोछ । यस वर्ष २०७९ को काका सदैव .पुरस्कार शिक्षा एवं स्वास्थ्य क्षेत्रका निम्न सम्मानित व्यक्तिलाई दिएको छ ।
रामाधार सिंह– काका सदैव शिक्षा पुरस्कार -KAKA Education Forever Award 2022 )
रामविलास राय – काका सदैव सामुदायिक स्वास्थ्य पुरस्कार -KAKA Community Health Forever Award 2022)




२. काका जेहनदार छात्रवृति र आर्थिक सहयोग
२.१.२०६६ सालमा रामसखी मोहित सिंह जनता मा. वि. बलरालाई उच्च मा. वि. स्थापनार्थ एक लाख धरौटी रकम दिएको
२ं.२. ओसी महम्मदलाई कक्षा ११ र १२ मा प्रति महिना रु.५०००।–को दरले छात्रवृति प्रदान गरेको, हाल बहाँ इन्जिनियर भई हाल कार्यरत हुनुहुन्छ (२०७२-२०७४) ।
२.३.काठमाण्डौ विश्वविद्यालयबाट हाइड्रोपावर मेकानिकल इन्जिनियरिङ्गमा अध्ययनको लागि जेहेन्दार विद्यार्थी विकास सिंहलाई पूर्ण खर्च व्यहोरेको, हाल वहाँ कार्यरत हुनुहुन्छ (२०७१-२०७५)।
२.४.मा.वि.बलरा ४ मा कक्षा १ देखि १० सम्म प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई रु.१५,०००।— बराबरका नगद एवं शैक्षिक सामग्री प्रत्येक वर्ष वितरण गर्ने गरेको (२०६७…)
२.५.गोविन्द महरालाई बलरा बहुप्राविधिक शिक्षालयमा सिभिल ओभरसियर अध्ययनको लागि रु.१५,०००।–आर्थिक सहयोग दिएको (२०७८)।
२.६.अनमोल झालाई लोक सेवा आयोगको प्रतिस्पर्धात्मक प्ररीक्षाको पुस्तक खरीदको लागि रु.५,०००।–आर्थिक सहयोग गरेको (२०७९) ।
२.७. बलरा बहुप्राविधिक शिक्षालयमा सिभल ओभर्सियर ३ वर्षे कोर्ष अध्ययनका लागि बलरा नगरपालिकाका ११ जना विद्यार्थीहरुलाई जनही रु ५०,००० का दरले काका जेहनदार विपन्न छात्रवृति दिएको (२०७९…)।
२.८. रिषभ कुमार झालाई होप इन्टरनेसनल कलेज ललितपुरमा हेल्थ असिस्टेन्ट कोर्ष अध्ययन गर्न रु २,००,००० को आर्थिक सहयोग गरेको (२०७९)
२.९. बलरा नगरपालिका वडा नं ३ को विन्देश्वर मल्ली डोमलाई घरको आर सि सि छत ठलानमा रु १,०१,१५०/- आर्थिक सहयोग (२०८०)
२.१० बलरा न.पा.वडा नं.४ बस्ने उदय शंकर सिंहलाई उपचारको लागि रु.५,०००/–को आर्थिक सहयोग (२०८०)
२.११ बसबरिया गाउँपालिका धनगढा बस्ने मनजेश पासवान लाई धादिंगमा सर्वेको अमीन कोर्स अध्ययनका लागि रु.५,०००/– प्रति महिनाको छात्रवृत्ति (२०८० ….
३. दिवस,सर्वेक्षण तथा तालिमहरुका विवरण
सि.नं. |
कार्यक्रमको नाम |
लाभग्राही संख्या |
श्रोत उपलब्ध गराउने निकायको नाम |
१ |
अन्तर्राष्ट्रिय प्रसन्नता दिवस २०१७ |
६५ |
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय |
२ |
व्यवसाय तथा युवाहरुको व्यवसायिक रुचि संकलन कार्यक्रमको साथै |
१२० २० २० २० २० |
युनेस्को काठमाडौं आफिस युनेस्को काठमाडौं आफिस युनेस्को काठमाडौं आफिस |
३ |
बलरा न.पा.का महिला जनप्रतिनिधिहरुलाई पदिय दायित्व सम्बन्धी सशक्तिकरण तालिम |
२३ |
युनेस्को काठमाडौं आफिस |
४ |
अन्तर्राष्ट्रिय प्रसन्नता दिवस २०१८ |
८४ |
युनेस्को काठमाडौं आफिस |
५ |
सर्लाही जिल्लामा सामाजिक रुपान्तरणको लागि महिला सशतिकरण कार्यक्रम |
२२० |
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय |
६ |
वैकल्पिक विद्यालय संचालन |
५० |
शिक्षा विकास तथा समन्वय ईकाई सर्लाही |
७ |
कार्यमूलक साक्षरता कक्षा |
४० |
सामुदायिक विकास अभियान धनुषा |
८ |
हाते कढाइ तालिम |
४० |
आसमान नेपाल धनुषा |
९ |
अन्तर्राष्ट्रिय महिला दिवस २०१९ |
८८ |
युनेस्को काठमाडौं आफिस |
१० |
भर्ना अभियान |
११० |
काका सामुदायिक सिकाइ केन्द्र बलरा |
११ |
अन्तर्राष्ट्रिय साक्षरता दिवस २०१९ |
३१५ |
युनेस्को काठमाडौं आफिस |
१२ |
प्रारम्भिक बाल कक्षा |
४० |
नेपाल सरकार |
१३ |
सरसफाई कार्यक्रम |
१६५ |
काका सामुदायिक सिकाइ केन्द्र बलरा |
१४ |
बज्जिका भाषा संगोष्ठी |
११००० |
युनेस्को काठमाडौं आफिस |
१५ |
साक्षरता र साक्षरोतर कार्यक्रम |
६७ |
शिक्षा विकास तथा समन्वय ईकाई सर्लाही |
१६ |
अन्तर्राष्ट्रिय महिला दिवस २०२१ को उपलक्ष्यमा “नेतृत्वमा महिलाः कोभिड–१९ को संसारमा समान भविष्यको प्राप्तिू विषयक छात्रा बक्तृकला कार्यक्रम |
सम्पूर्ण सामुदाय |
युनेस्को काठमाडौं आफिस |
१७ |
WiFi सहित पुस्तकालय र वाचनालयको स्थापना |
सम्पूर्ण सामुदाय |
युनेस्को काठमाडौं आफिस |
१८ |
सरसफाई |
२३ |
बलरा न.पा. वडा नं. ४ को कार्यालय |
१९ |
सिप विकास तथा व्यवसायिक तालिम कम्म्युटर हार्डवेयर |
२० |
बलरा बहुप्राविधिक शिक्षालय बलरा सर्लाही |
२० |
सिप विकास तथा व्यवसायिक तालिम राजमिस्त्री |
२० |
बलरा बहुप्राविधिक शिक्षालय बलरा सर्लाही |
२१ |
वडा नं.४ को तथ्याक सर्वेक्षण तथा विश्लेषण |
सम्पूर्ण वडा |
बलरा नगरपालिका |
२२ |
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२३ मनाइएको |
५८ |
युनेस्कोको निमित्त नेपाल राष्ट्रियआयोगको सचिवालय |
२३ |
सुचनाप्रविधिका सामाजिक माध्यमहरु तथा सरकार नीति सम्बन्धी कार्यशाला गोष्ठी |
२० |
बलरा नगरपालिका |
२४ |
सामुदायिक सिकाइ केन्द्रको क्षमता अभिबृद्घि तथा स्थानीय सरकार वीच समन्वय एवम् सहकार्य सम्वन्धी गौष्ठी |
४० |
युनेस्कोको निमित्त नेपाल राष्ट्रियआयोगको सचिवालय |
२५ | जीवनोपयोगी पक्षहरुको चेतनामूलक गोष्ठी (२०८०) | ३५ | सिटिजन लाईफ इन्सुरेन्स काठमाण्डौ |
२६ | २५औ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ मनाइएको (२०८०) | ४० | युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय |
२७ | ब्युटिपार्लर तालिम (२०८०) | २० | व्यावसायिक तथा सिप विकास तालिम केन्द्र जनकपुरधाम ,धनुषा |
२८ | व्यावसायिक भैँसी पालन सम्वन्धी गोष्ठी (२०८१) | २८ | बलरा नगरपालिका बलरा |
२९ | २५औ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२४ | ३५ | युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय |
३० | उन्नत जातको उखु र किसान | ३५ | इन्दुशंकर चिनी उद्योग लिमिटेड हरिवन,सर्लाही |
४ प्रशासनिक भवन र धर्मशालाको उद्धाटन
काका सामुदायिक सिकाइ केन्द्रको भवन र धर्मशाला उद्धाटन मिति २०८०।१२।०९ गते सम्पन्न भएको । प्रशासनिक भवनको उद्घाटन भारत,गुजरातको अहमदावाद विश्वविद्यालयका विशिष्ट विश्वविधालय प्राध्यापक डा .रामाधार सिंह को करकमल बाट उद्घाटन भएको थियो । यस प्रशासनिक भवनको निर्माणमा विभिन्न विशिष्ट व्यतिmत्वहरुले वस्तुगत सहयोग गरी भवन निर्माण भई साचो त्यसै दिन काका सामुदायिक सिकाइ केन्द्रलाई हस्तान्तरण गरिएको थियो । यस उद्धाटन कार्यक्रममा ४९८ जना सहभागी थिए ।



पर्यटन विकास बोर्ड जनकपुरको आर्थिक सहयोग रकम रु. १६,७१,४२३/- र जिल्ला सर्लाही बलरा न.पा.वडा नं.४ मा बस्ने श्रीमती राधिका देवी सिंहको रु. ६,४४,२२५/- वस्तुगत सहयोग प्राप्त भई धर्मशालाको भुई तल्लाको अधुरो काम सम्पन्न भएको धर्मशालाको उद्घाटन जिल्ला सर्लाही बलरा नगरपालिका वडा नं ४ का समाज सेवी श्रीमती राधिका देवी सिंह ले गर्नु भएको ।



काका सामुदायिक सिकाइ केन्द्र र धर्मशाला दुवैले स्थानीय बासिन्दाहरुलाई ज्ञान र नयाँ सिप आर्जन गराउने छ जुन स्थानीय सामुदायमा पूर्ण रुपमा सहभागी हुनको लागि आत्म विश्वास बढाउँछ ।