046-420015 info@kakaclc.org.np
गृहपृष्ठ हाम्रो बारेमा कार्यक्रमहरू उपलब्धिहरू फोटो ग्यालरी समाचार र कार्यक्रम सम्पर्क
KAKA CLC Logo
2002
स्थापना

काकाको परिचय

समुदायको शिक्षा, सिकाइ तथा विकासको लागि स्थानीय समुदायद्वारा व्यवस्थित गरी समुदायको इच्छा, आकांक्षा, एवं आवश्यकता अनुसार विभिन्न कार्यक्रम संचालन गर्ने एक शैक्षिक संस्थाको रूपमा सामुदायिक सिकाइ केन्द्र हो।

समुदायद्वारा, समुदायकोलागि, समुदायबाटनै व्यवस्थित गरी संचालित शैक्षिक संस्था भएकाले यसलाई सामुदायिक सिकाइ केन्द्र भनिएको हो।

काकाको परिचय

संस्थाको नाम काका सामुदायिक सिकाइ केन्द्र
ठेगाना बलरा नगरपालिका वडा नं. ४, काकाटोल बलरा, सर्लाही, मधेश प्रदेश, नेपाल
स्थापना वि.सं. २०५९
स्वीकृति अनौपचारिक शिक्षा केन्द्र, शिक्षा मन्त्रालय, नेपाल सरकार
आदर्श "विकासको लागि सतत आत्म-नवीकरण"

हाम्रो दूरदृष्टि

स्तरयुक्त जीवनयापनको लागि स्थानीय समुदायका सहभागीहरूलाई ज्ञान र सीपको अवसर दिनु।

हाम्रो लक्ष्य

विशेषतः महिला र निरक्षरलाई मातृभाषाको माध्यमबाट जीवनोपयोगी सीप सिकाई, पूर्ण साक्षर र सशक्तिकरण गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउनु।

हाम्रो उद्देश्य

स्थानीय सहभागीहरू, विशेष गरी महिला र निरक्षर व्यक्तिहरूलाई साक्षरता कार्यक्रम, सशक्तिकरण पहल र मातृभाषामा जीवन सीप तालिम मार्फत आर्थिक रूपमा स्वतन्त्र बनाउनु।

हाम्रा सुविधाहरू

भुइँ तल्ला आधुनिक प्रशासनिक भवन (२,००० वर्ग फीट)

अतिथिहरूको लागि सुविधायुक्त अतिथिगृह (४,००० वर्ग फीट)

धर्मशाला सुविधा (१,००० वर्ग फीट)

दुईटा तालिम हल (प्रत्येक १,००० वर्ग फीट)

काका अनौपचारिक विद्यालय प्रथम तह (१,६०० वर्ग फीट)

इन्टरनेट सुविधा सहित पुस्तकालय र वाचनालय

सामाजिक कार्यको लागि ७६ थान भाडा-वर्तन

आधुनिक प्रविधि: कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, पोर्टेबल जेनेरेटर

सदस्यहरू

2
संरक्षक सदस्य
49
आजीवन सदस्य
50
साधारण सदस्य

कुल सदस्य: १०१ (२ संरक्षक, ४९ आजीवन, ५० साधारण)

विज्ञहरूको समूह

यस केन्द्रको विधान अनुसार ५ वटा समूह गठन गरिएको छ

स्वास्थ्य

स्वास्थ्य सम्बन्धी जागरूकता र कार्यक्रमहरू

शिक्षा

शैक्षिक गतिविधिहरू र साक्षरता

वातावरण संरक्षण

वातावरण संरक्षण गतिविधिहरू

कृषि

कृषि विकास र तालिम

युवा परिचालन

युवा सशक्तिकरण र परिचालन

लोगोको व्याख्या

KAKA Logo

लोगोको माथिल्लो भागमा KAKA ब्राण्ड नाम लेखेको छ। लोगोको बीचमा बच्चा हाँसहरूले आमा हाँससँग पानीमा उत्रेर पौड्ने सीप सिकिरहेका छन् र आमा हाँसले आफ्ना बच्चाहरूलाई पौड्ने सीप सिकाइ रहेको तथा बच्चाहरू आमा हाँस भन्दा माथि रहेको दृश्य रहेको छ। यो छवि वास्तवमै काका सिएलसीको गतिविधि र लक्ष्यलाई प्रतिबिम्बित गर्दछ। स्थापना वर्ष मुनि लेखिएको छ।