संयुक्त राष्ट्र संघ नेपालले काका सामुदायिक सिकाइ केन्द्रलाई सन् २०१९ मा Implementing Partner घोषित गरेको।
UNESCO Kathmandu द्वारा सहकार्य गर्न रोग गरिएको देशभरिमा १५ वटा सामुदायिक सिकाइ केन्द्र मध्ये मधेश प्रदेशमा काका सामुदायिक सिकाइ केन्द्र एक मात्र रहेको।
यस केन्द्रले नेपाल सरकार, भाषा आयोगको बज्जिका भाषा इतिहास लेखन (२०७७) तथा बज्जिका भाषाको शब्दकोष (२०७८) र बज्जिका भाषाको व्याकरण (२०७९) को निर्माण कार्यमा महत्वपूर्ण भूमिका खेलेको।
कक्षा १ (२०७७) र २ (२०७८) को लागि बज्जिका भाषामा लिखित पाठ्यपुस्तक यस केन्द्रले प्रकाशित गरी कक्षाकोठामा प्रयोग भइ रहेको।
आफ्नो नाममा सुविधा सम्पन्न ठाउँमा १८७७१.७५ वर्ग फीट अर्थात ५ कट्ठा ३ धुर जग्गा रहेको।
२,००० वर्ग फीट आधुनिक प्रशासनिक भवन
४,००० वर्ग फीट सुविधायुक्त अतिथिगृह
१,००० वर्ग फीट धर्मशाला सुविधा
दुईटा तालिम हल, प्रत्येक १,००० वर्ग फीट
हामी काका सिएलसीलाई समर्थन गर्ने व्यक्तिहरू, सरकारी निकायहरू र संस्थाहरूको योगदानलाई कृतज्ञतापूर्वक स्वीकार गर्दछौं।
| सहयोगी | रकम (रु.) | सहयोगको प्रकार |
|---|---|---|
| KAKA Community Learning Center | 21,50,000 | नगद |
| Mrs. Radhika Devi Singh | 18,75,000 | जग्गा (वस्तुगत) |
| सहयोगी | रकम (रु.) | सहयोगको प्रकार |
|---|---|---|
| Office of Urban Development and Building Construction, Dhanusha | 14,09,333 | आर्थिक र प्राविधिक |
| Dr. Kamleshwar Sinha & Mrs. Anita Sinha | 13,59,414 | वस्तुगत |
| Dr. Kamal Ranjan Sinha & Mr. Amit Raj Singh | 21,59,862 | वस्तुगत (पहिलो तल्ला) |
| Dr. Subhash Pandey & Dr. Kavita Sinha | 21,74,943 | वस्तुगत (दोस्रो तल्ला) |
काका सामुदायिक सिकाइ केन्द्रको भवन र धर्मशाला उद्घाटन मिति २०८०/१२/०९ मा सम्पन्न भयो। प्रशासनिक भवनको उद्घाटन भारत, गुजरातको अहमदाबाद विश्वविद्यालयका विशिष्ट विश्वविद्यालय प्राध्यापक डा. रामाधार सिंहको करकमलबाट भयो।
यस उद्घाटन कार्यक्रममा ४९८ जना सहभागी थिए। विभिन्न विशिष्ट व्यक्तित्वहरूले भवन निर्माणमा सहभागिता जनाई केन्द्रलाई कोठाको चाबी हस्तान्तरण गर्नुभयो।
नेपाल टेलिभिजनबाट यस केन्द्रको गतिविधिलाई समेटी १३ मिनेटको डकुमेन्ट्री प्रसारण गरिएको छ।