046-420015 info@kakaclc.org.np
गृहपृष्ठ हाम्रो बारेमा कार्यक्रमहरू उपलब्धिहरू फोटो ग्यालरी समाचार र कार्यक्रम सम्पर्क

काका सामुदायिक सिकाइ केन्द्रले समुदायको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दछ

साक्षरता कार्यक्रम

वयस्क र विद्यालय बाहिरका युवाहरूको लागि नेपाली र बज्जिका भाषामा आधारभूत साक्षरता कक्षाहरू।

यस कार्यक्रम अन्तर्गत वयस्क महिला र पुरुषहरूलाई नेपाली तथा बज्जिका भाषामा आधारभूत साक्षरता प्रदान गरिन्छ। साक्षरता कक्षाहरू नियमित रूपमा संचालन गरिन्छ।

आधारभूत साक्षरता
बज्जिका भाषा
वयस्क शिक्षा
अनौपचारिक शिक्षा
Literacy Program
Skill Development

सीप विकास

सिलाई, ब्युटी पार्लर, र अन्य आय आर्जन सीपहरू सहित व्यावसायिक तालिम।

सीप विकास तालिम अन्तर्गत सिलाई, ब्युटी पार्लर, हस्तकला र अन्य आय आर्जन सीपहरू सिकाइन्छ। यी तालिमहरू महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्दछन्।

सिलाई तालिम
ब्युटी पार्लर
हस्तकला
कम्प्युटर तालिम

छात्रवृत्ति

योग्य विद्यार्थीहरूको लागि मेरिट-कम-गरिबी छात्रवृत्ति र काका फोरेभर पुरस्कार।

रामसाखी मोहित सिंह जनता माध्यमिक विद्यालयलाई उच्च तह कक्षा अपग्रेडको लागि रु. १,००,००० प्रदान (२००६)

ओसी मोहम्मदलाई कक्षा ११ र १२ मा प्रति महिना रु. ५,००० छात्रवृत्ति (२०१५-२०१७)

विकाश सिंहको काठमाडौं विश्वविद्यालयबाट B.Tech मेकानिकल इन्जिनियरिङको पूर्ण शैक्षिक खर्च व्यहोर्नु (२०१४-२०१८)

रामसाखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा कक्षा १-१० मा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद र शैक्षिक सामग्री वितरण

सांस्कृतिक कार्यक्रमहरू

बज्जिका भाषा र स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन।

बज्जिका भाषा मधेश प्रदेशको सरकारी कामकाजको भाषा मध्ये एक हो। यस केन्द्रले भाषा आयोग नेपालसँग सहकार्य गरी बज्जिका भाषाको इतिहास, शब्दकोष र व्याकरण तयार गरेको छ।

बज्जिका इतिहास (२०२०)
बज्जिका शब्दकोष (२०२१)
बज्जिका व्याकरण (२०२२)
बज्जिका पाठ्यपुस्तक
Cultural Programs

हालका कार्यक्रमहरू

क्र.सं. कार्यक्रम सहभागी सहयोगी संस्था
1 जीवनोपयोगी पक्षहरूको चेतनामूलक गोष्ठी 35 Citizen Life Insurance, Kathmandu
2 अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ 40 Nepal National Commission for UNESCO
3 ब्युटी पार्लर तालिम 20 Vocational and Skill Development Training Centre, Dhanusha
4 व्यावसायिक भैंसी पालन सम्बन्धी गोष्ठी 28 Balara Municipality