काका सामुदायिक सिकाइ केन्द्र

 काका सामुदायिक सिकाइ केन्द्र

KAKA वडास्तरीय साधारण सभाबाट निर्णय भएको एक ब्रान्ड नाम हो । यसलाई अनौपचारिक शिक्षा क्षेत्रमा कार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरुले काका सामुदायिक सिकाइ केन्द्र भनेर बुझ्दछन । यो मधेस प्रदेशको सर्लाही जिल्ला, बलरा नगरपालिका वडा नं. ४, नेपालमा स्थित छ । यसको स्थापना स्थानिय समाजसेवी तथा शैक्षिक अभियन्ता डा. कमलेश्वर कुमार सिन्हाबाट वि.संं. २०५९ सालमा भई, नेपाल सरकार, शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रको चलानी नं. ६२०–२०५९/२०६० बाट स्वीकृती पाएर सक्रियरुपमा कार्यक्षेत्रमा अगाडि बढिरेको छ । सामुदायिक सिकाइ केन्द्रको अवधारणा जापानबाट नेपालमा २०५९ सालमा आएको र सोही बमोजिम स्वीकृति पाएको पहिलो समूहमा नै पर्ने काका सामुदायिक सिकाइ केन्द्र हो ।
सर्लाही जिल्लामा रहेका ४वटा सामुदायिक सिकाइ केन्द्र मध्ये काका नै नेपाल सरकारको लक्ष्य बमोजिम सक्रिय र प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ । पूर्वनिर्धारित लक्ष्य एवं सही रणनीतिक कार्यान्वयनका कारण काका नै अवसरबाट वञ्चित र सिमान्तकृत स्थानीय समुदायलाई दैनिक तथा सामाजिक जीवनका लागि उपयोगी ज्ञान, सीप तथा प्राविधक एवम् आर्थिक सहयोग दिने मौका पाइरहेको छ । यस संस्थाको प्रमुख उद्देश्य स्थनिय समुदायको आवश्यकता अनुसार साक्षरता, निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ तथा सामुदायिक विकास कार्यक्रम पहिचान, व्यवस्थापन, कार्यान्वयन तथा समन्वय र सामुदायिक सूचना केन्द्रसमेतको कार्य गर्नु हो ।
१. काका सामुदायिक सिकाइ केन्द्रसम्बन्धी संक्षिप्त विवरणः
१.१ स्थापना : २०५९ साल
१.२ स्वीकृति: अनौपचारिक शिक्षा केन्द्र, शिक्षा मन्त्रालय ,नेपाल सरकार ।
१.३.लक्ष्यरदृष्टिः काका सामुदायिक सिकाइ केन्दको लक्ष्य स्थानीय समुदायकका अवसरवाट वंचित समूहलाई अवसर दिनुहो खासगरी महिला र निरक्षरलाई मातृभाषाको माध्यमबाट जीवनोपयोगी सीप सिकाई पूर्ण साक्षर र शसक्तिकरण गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने हो ।
१.४ आदर्श : “ विकासको लागि सतत आत्म– नवीकरण ”
१.५ लोगो र छाप


लोगोको माथिल्लो भागमा KAKA ब्रान्ड लेखिएकोछ । लोगोको बीचमा बच्चा हाँसहरुले आमा हाँससँग पानीमा उत्रेर पौड्ने सीप सिकिरहेका छन् र आमा हाँसले आफ्ना बच्चाहरुलाई पौडने सीप सिकाइ रहेको तथा बच्चाहरु आमा हाँस भन्दा माथि रहेको दृश्य रहेको छ । स्थापना वर्ष मुनि लेखिएकोछ ।

छापको माथिल्लो भागमा केन्द्रको आदर्श नेपालीमा र त्सको मुनि केन्द्रको नाम नेपालीमा लेखिएकोछ । छापको तल्लोभागमा केन्द्रको आदर्श अंग्रेजीमा लेखेकोछ त्यको माथि केन्द्रको ठेगाना नेपालीमा लेखिएकोछ । यसले संक्षेप र यथार्थमा काका सामुदायिक सिकाइ केन्द्रको इतिहास र लक्ष्यलाई व्यतिmहरु माझ प्रभावकारी रुपमा स्मरण गराउँदै छ कि सामाजिक विकास र परिवर्तनको लागि जीवन पर्यन्त सिकाइ र आत्म– नवीकरण आवश्यक छ ।

१.६ मुख्य उपलब्धिहरु तथा पहिचान:

  • संयुक्त राष्ट्र संघ नेपालले काका सामुदायिक सिकाइ केन्द्रलाई सन् २०१९ मा Implementing Partner घोषित गरेको ।
  • UNESCO Kathmandu द्वारा सहकार्य गर्न चयन गरिएको देशभरिमा १५ वटा सामुदायिक सिकाइ केन्द्र मध्ये मधेश प्रदेशमा काका सामुदायिक सिकाइ केन्द एक मात्र रहेको ।
  • यस केन्द्रले नेपाल सरकार, भाषा आयोगको बज्जिका भाषा इतिहास लेखन (२०७७) तथा बज्जिका भाषाको शब्दकोष (२०७८) र बज्जिका भाषाको ब्याकरण (२०७९) को निर्माण कार्यमा महत्वपूर्ण भूमिका खेलेको । बज्जिका मधेश प्रदेश को सरकारी कामकाजको भाषाहरु मध्ये एक हो ।
  • कक्षा १ (२०७७) र २ (२०७८) को लागि बज्जिका भाषामा लिखित पाठ्यपुस्तक यस केन्द्रले प्रकाशित गरी कक्षाकोठामा प्रयोग भई रहेको ।
  • आफ्नो नाममा सुविधा सम्पन्न ठाउँमा १८७७१.७५ वर्ग फीट अर्थात ५ कठ्ठा ३ धुर जग्गा रहेको त्यसमा ६००० वर्गफीटको ३ तल्ले आधुनिक भवन र १००० वर्गफीटको धर्मशाला निर्माण भई संचालनमा छन ।
  • आफ्नो नाममा अंग्रेजी–नेपालीमा वेबसाइट धधध।पबपबअअि।यचन।लउ भएको ।
  • इन्टरनेट सुविधा सहित पुस्तकालय र वाचनालय रहेको ।
  • बलरा बहुप्राविधिक शिक्षालयको छात्रावासको व्यवस्थापन गरेको ।
  • छुट्टै कोठामा व्यायामको ( जिम)को व्यवस्था ।
  • अतिथिहरुकोलाई सुविधायुक्त धर्मशाला ।
  • व्रतवन्ध,विवाह ,समारोह जस्ता सामाजिक कार्यको लागि सुविधायुक्त उपयुक्त स्थल ।
  • वाल खेलकुद स्थल तथा पार्क ।

२. काका सामुदायिक सिकाइ केन्द्रको संगठन तालिका

३.महत्वपूर्ण अभिलेखहरु

  • व्यवस्थापन समितिको निर्णय पूस्तिका
  • वार्षिक कार्यक्रम र कार्यावन्यन प्रतिवेदन
  • अनुगमन अभिलेख
  • लेखा परीक्षण
  • सामाजिक परीक्षण
  • साधारण सभा
  • वार्षिक प्रतिवेदन
  • EMIS REPORT

 

५. भावी कार्यक्रमहरु

     ५.१ केन्द्रको संस्थागत सुदृढीकरण तथा संरचनागत क्षमता अभिवृद्धि गर्ने ।

     ५.२ केन्दबाट सूचना सहित एकीकृत सामाजिक सेवा प्रवाहको नीतिलाई कार्यावन्यन गर्ने  ।

     ५.३ सतत आत्म–नवीकरणको लागि जीवनोपयोगी सिप,निरन्तर तथा जीवनपर्यन्त सिकाइ केन्द्रको थलोको रुपमा विकास गर्ने ।

     ५.४ पुस्तकालय÷वाचनालयको आधुनिकरण गर्ने ।

     ५.५ परम्परागत ज्ञान, सीप हस्तान्तरणलाई  निरन्तरता दिने।

     ५.६ स्थानीय तहके ध्यचपष्लन  जबलम को रुपमा काम गरी विकास कार्यमा संलग्न हुने ।

     ५.७ काका सदैव..पुरस्कारलाई व्यापक प्रचार प्रसार गरी प्रभावकारिताको वातावरण सृजना गर्ने ।

     ५.८ बृक्षारोपणको माध्यमले हरित समुदायको अवधारणा कार्यावन्यन गर्ने ।         

 ४. आम्दानीको स्रोत                

    ४.१ नगरपालिकाबाट प्राप्त अनुदान ।

    ४.२ सदस्यता शुल्क ।

    ४.३ भाँडा बहालबाट आम्दानी ।

    ४४ सिलाई मसीनको बहालबाट आम्दानी ।

    ४.५ तालिम हलको बहालबाट आम्दानी ।

    ४.६ घरबहालको आम्दान ।

    ४.७ मधेश प्रदेश सरकारबाट प्राप्त आर्थिक सहयोग ।

 

६. प्रमुख चुनौतीहरु

      ६.१ सरोकारवालामा अपनत्वको वोध गराउनु ।

      ६.२ स्थानीय सरकारसंग सहकार्य कार्यलाई प्रवद्र्धन गर्ने ।

      ६.३ केन्द्रको कार्यक्रममा समुदायको उतसाहजनक सहभागिता बढाउनु ।

      ६.४ आर्थिक तथा प्राविधिक स्रोतलाई दिगो बनाउनु ।

७. अनुदान तथा सहयोगका लागि आवहृान

     ७.१ छात्रवृत्ति,पुरस्कार,सम्मान सहित समुदायलाई प्रेरित गर्ने कार्यहरुको लागि दिगो आर्थिक स्रोतको व्यवस्थापन ।

      ७.२ प्राविधिक सहयोग तथा सहजीकरणको लागि सुचिकुत हुनु ।

      ७.३ बस्तु तथा सामाग्रीको लागि सहयोग ।


Read More

 

अध्यक्षको कथन

“हामी आफ्नो समुदायको लागि हौ र समुदाय हामीहरुको लागि । समुदायमा बसी आन्नद लियौ र हाम्रो अनन्त आवश्यक्ताहरुलाई पुरा गरौ“
कमलेश्वर सिन्हा पीएच डी
अध्यक्ष
काका सामुदायिक सिकाइ केन्द्र

Management Committee