काका सामुदायिक सिकाइ केन्द्र

सामुदायिक सिकाइ केन्द्रको परिचय

युनेस्को एसिया पेसिफिकको सबैको लागि शिक्षा कार्यक्रम अनुसार सामुदायिक सिकाइ केन्द्र औपचारिक शिक्षा पद्धति भन्दा बाहिर ग्रामीण र शहरी क्षेत्रमा सेवा गर्ने एक स्थानीय संस्था हो । यो स्थानीय व्यक्तिहरुद्वारा स्थापित तथा व्यवस्थापन गरिन्छ । सिकाइको अवसर, नयाँ सीप सिकाइ र व्यक्तिहरुमा रहेको क्षमतालाई नविकरण गरी समुदायको विकास गरी व्यक्तिको जीवन स्तरलाई गुणात्मक सुधार गर्ने यसको अन्तिम लक्ष्य हो ।

नेपालमा सामुदायिक सिकाइ केन्द्र एउटा चिरपरचित स्थापित तलो तहको अनौपचारिक शिक्षाको संस्था हो । यसले स्थानीय समुदायमा साक्षरता र वयस्क सिकाइका साथै नयाँ सिकाइ, सीप सिकाइ र जीवन पर्यन्त सिकाइलाई निरन्तरता दिदै आय आर्जन सिप सिकाइ व्यवस्थित गर्दछ । सामुदायिक सिकाइ केन्द्रको मुख्य लक्ष्य सिकाइका अवसर दिनु हो जसले सामाजिक रुपान्तरण र स्थायी जीवकोपार्जन होस् । सामुदायिक सिकाइ केन्द्रको व्यवस्थापन स्थानीय समुदायबाट भई नेपाल सरकारबाट प्राविधिक र आर्थिक सहयोग दिने गरेकोछ ।

सामुदायिक सिकाइ केन्द्र जीवन पर्यन्त सिकाइलाई निरन्तरता, वातावरण संरक्षण प्रति प्रतिवद्ध, दृश्य र अदृश्य पुरखौली विशेषतालाई संरक्षण गर्न सकारात्मक भावना विकसित गर्नमा समुदायलाई प्रश्रय दिने गर्दछ । यसले स्थानीय खास ज्ञान र सीपलाई प्रश्रय दिदै नविकरण गर्दै आय आर्जनसँग आवद्ध गर्दछ । मानव अधिकार र सामाजिक विविधतालाई मध्यनजर गर्दै अवसरबाट वञ्चित, शारीरिक र मानसिक रुपमा कमजोर एवं अधिकार विहिन व्यक्तिहरुलाई उचित अवसर दिन सामुदायिक सिकाइ केन्द्रको जिम्मेवारी भित्र पर्दछ । यस प्रकार सामुदायिक सिकाइ केन्द्र समसामायिक सामाजिक–सांस्कृतिक मापदण्ड, मुल्य र मान्यताको संरक्षण र संम्वर्धन मात्र गर्दैन बरु भविष्यको पिढीको लागि बाटो तय पनि गर्दछ ।

सामुदायिक सिकाइ केन्द्रबाट  निरन्तर शिक्षा, समुदायको विकास र संवद्र्धन, समुदायका व्यक्तिहरुको आकांक्षा र चाहना अनुरुपका कार्यक्रम सञ्चालन, समुदायको निर्देशन अनुसार समुदायको तल्लो तहसम्म विभिन्न प्रकारका  सेवा प्रदान, गरिबीको रेखामुनि रहेका सामाजिक समूह, विपन्न सामाजिक समूह, कृषिबाट उद्योगतिर उन्मुख समाज, औद्योगिक समृद्ध शहरी समुदायसंग सहकार्य गर्ने गर्दछ ।

सामुदायिक सिकाइ केन्द्रको कार्य र प्रभावकारितामा समाजका विभिन्न प्रकारका बनाबट जस्तै– शैक्षिक, जातिय, लैङ्गिक, वर्गीय, सांस्कृतिक रीतिरिवाज र परम्परा, उमेर, भाषिक अवस्थाको साथै  सामुदायिक सिकाइ केन्द्रको क्षमताले पनि  असर पार्दछ ।

१.नेपालमा सामुदायिक सिकाइ केन्द्रको संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था

     १.१ संवैधानिक व्यवस्था

नेपालको संविधान, भाग ४, राज्यका निर्देशक सिद्घान्त, नीति र दायित्व धारा ५१ (ज) ४ को अनुरुप नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवद्र्घन गर्नेशिक्षा ऐन आठौं संशोधन २०७३ को दफा ११ठ अनुरुप नेपाल सरकारले समुदायमा साक्षरता, सीप  विकास र निरन्तर सिकाइ समेतको काम गर्न तोकिए बमोजिम सामुदायिक सिकाइ केन्द्र सञ्चालन गर्न सक्ने छ ।

 १.२ शिक्षा नियमावलीमा भएको व्यवस्थाः

शिक्षाको अवसरबाट वञ्चित भएका ,गरिबीको चपेटामा परेका समुदायका विभिन्न व्यक्तिहरुको आवश्यकतामा आधारित कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यले सामुदायिक सिकाइ  केन्द्रहरु स्थापना एवम् संचालन गर्न आवश्यक भएको हुनाले शिक्षा नियमावली, २०५९ को नियम १९२ ले दिएको अधिकार प्रयोग गरी शिक्षा मन्त्रालयले सामुदायिक अध्ययन केन्द्र सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी निर्देशिका, २०६२ जारी गरेको थियो ।

१.३ संरचनात्मक व्यवस्था:

सामुदायिक सिकाइ केन्द्र निर्देशिका २०६२, संशोधन २०७० सहित लाई खारिज गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८/०३/२२ को माननीय मन्त्रीस्तरीय निर्णय अनुसार  “सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७८” लागू गरिएको छ । यस मापदण्डले सामुदायिक सिकाइ केन्द्र लाई समुदायको आवश्यकतानुसार निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ ,सामुदायिक विकास कार्यक्रम र सूचना केन्द्र समेत परिचालन गर्ने शिक्षाको तल्लो तहको एक सशक्त प्रणालीको रुपमा स्थापित गरेको छ । हालसम्म नेपाल भरीमा समुदायद्वारा स्थापित २१५१ वटा र मद्येश प्रदेशमा २२६ वटा सामुदायिक सिकाइ केन्द्र स्वीकृत भई नेपाल सरकारबाट आर्थिक अनुदान पाइरहेकोछ । स्थानीय तहमा अनौपचारिक शिक्षाका कार्यव्रम लगायत सामुदायिक विकास सम्बन्धी काम गर्न प्रत्येक गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्रको स्थापना गर्ने नीतिगत व्यवस्था रहेको छ ।

 १.४ संघीय राज्य प्रणाली अन्तर्गत:

स्थानीय सरकार ऐन, सञ्चालन २०७४ को दफा १.१ज (१)मा प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक, शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार स्थानीय सरकारमा निहित छ ।

 १.५ शिक्षा नीति २०७६ मा भएको व्यवस्था

१०.२६ राष्ट्रिय पुस्तकालयहरूको क्षमता अभिवृद्धि गर्दै सामुदायिक पुस्तकालय र सामुदायिक सूचना केन्द्रलाई सामुदायिक सिकाइ केन्द्रसंग जोडेर सुदृढ सामुदायिक सिकाइ तथा स्रोत केन्द्रको रूपमा विकास गरी आजीवन सिकाइ र निरन्तर शिक्षाको केन्द्र बनाउने । 

१०.२६.६.आजीवन सिकाइ तथा निरन्तर शिक्षाको लागि स्थानीय तहको प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी आवश्यकताअनुसार साक्षरता कार्यक्रम सञ्चालन र साक्षर जिल्ला÷पालिका घोषणामा सकारात्मक सहयोग र सहकार्य गर्ने । स्थानीय निकायको प्रत्येक वडामा एउटा सामुदायिक सिकाइ केन्द्र रहने सरकारको नीति भएको तर हालसम्म २१५१ वटा मात्र सामुदायिक सिकाइ केन्द्रले स्वीकृति पाएको छ । यस मध्ये २२६ वटा मद्येश प्रदेशमा छन ।

२.केन्द्रको कार्यहरु:

यस  केन्द्रको  विषयगत कार्य क्षेत्रहरु तथा त्यस अन्तर्गत लक्षित समूहलाई केन्द्रित गरी संचालन गरिने प्रमुख कार्यक्रमहरु निम्नानुसार छन् ।

(अ) शैक्षिक क्रियाकलाप:

(क) बाल कक्षा, प्रौढ साक्षरता कक्षा, साक्षरोत्तर कक्षा र बीचमा पढाइ छोडेकाहरुलाई निरन्तर शिक्षा प्रदान गर्ने ।

(ख) सीपमुलक व्यवसायिक तालिम संचालन गर्ने ।

(ग) महिला सशक्तिकरण, नागरिक चेतना, वातावरण संरक्षण तथा महामारी, दैवी प्रकोप तथा दुव्र्यसनजन्य परिणाम न्यून गर्ने सम्बन्धी सचेतनामूलक अभियान संचालन गर्ने ।

(आ) विकास सूचना प्रवाह कार्य

(क) स्वास्थ्य, परिवार नियोजन, पोषण, वातावरण आदि सम्बन्धी पोष्टर, पम्पलेट तथा पुस्तिकाहरुको संकलन गरी उपलब्ध गराउने ।

(ख) सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग लिई प्रदर्शनी तथा सभा संचालन गर्ने ।

(ग) विकासमूलक कार्यक्रमहरुमा स्थानीय मानवीय शक्तिको उपयोग गर्न सक्रिय सहभागिता जुटाउने

(इ) सामुदायिक विकास कार्य

(क) वयस्क युवाहरुको माग अनुकुल सीपयुक्त छोटो अवधिको तालिम संचालन गर्ने

(ख) शैक्षिक छात्रवृत्तिको व्यवस्था गर्ने ।

(ग) विकास परियोजना केन्द्रीत तालिमको व्यवस्था र सरकारी कार्यक्रमको स्थापना र सम्वद्र्घन गर्ने । 

(घ) विकासका लागि मानवीय र आर्थिक स्रोतको परिचालन गर्ने ।

(ई) समन्वय गर्ने कार्य:

(क) स्थानीय संस्थाहरुसँग समन्वय कायम गरी एकीकृत रुपमा विकास कार्यलाई अगाडि बढाउने

(ख) विकास सम्बन्धी कार्यमा टेवा पुग्ने संजाल (Network) तयार गर्ने ।

(उ) स्रोत केन्द्रको कार्य:

(क) शिक्षा, स्वास्थ्य, कृषि र व्यवसाय सम्बन्धी पुस्तक, पुस्तिका, पोष्टर, श्रव्य—दृश्य सामग्रीहरुको संकलन र प्रदशन गर्ने ।

(ख)  विकास केन्द्रित ज्ञान र सीप अभिवृद्घिका लागि स्थानीय पुस्तकालय सचालन गर्ने र प्रदर्शनी स्थलका रुपमा कार्य गर्ने ।

(ग) सांस्कृतिक मूल्य र मान्यताको जर्गेना गर्दै मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्ने र प्रदर्शनी स्थलका रुपमा कार्य गर्ने ।

(घ) सामाजिक अन्तरक्रिया, खेलकुद तथा सहभोजको आयोजनाका माध्यमबाट स्थानीय क्लबको विकास गर्ने र आपसी सदभाव बढाउने ।

(ङ) बाबु—आमा दुवै रोजगार भएमा परिवारका केटाकेटीहरुको लागि दिवा सेवा केन्द्रको सुविधा प्रदान गर्ने ।