काका सामुदायिक सिकाइ केन्द्र

सफलताका कथाहरु

कथा १
मेडिकल उपचारका हिमैती
मार्च २०१९मा बलरा –४ सर्लाही निवासी ७५ बर्षका रामबालक सिंह एकाएक लकवा रोगबाट ग्रसित भए । रोग लाग्ने वित्तिकै उनको श्रीमती आदर देवी पनि बेहोस भइन् । बलरामा रहेको पुरानो धारणा अनुसार रोग लागेपछि झाक्रिलाई बोलाउने र सोहि अन्धविशवासअनुरुप एउटा झाक्रिलाई बोलाइयो । झाक्रि आउनेवित्तिकै संयागेले आदर देवी पनि होसमा आइन् । एउटा प्रतिष्ठित व्यक्तिलाई रोग लागेको छ , सुन्दा बलरा ४ को नै श्रीमती उर्मिला देवी त्यहाँ आइपुगिन् । आदर देवी र उर्मिला देवी दुबै काका सामुदायिक सिकाइ केन्द्रबाट आयोजित महिला सशक्तिकरण कार्यक्रममा भाग लिएका थिए । दुबै जना मिलेर संयुतm रुपमा झाक्रिको विरोध गरी धपाए र उचित मेडिकल उपचार हुन पर्दछ , भन्ने कुरामा जोड दिए र सोही बमोजिम मेडिकल उपचारबाट रामबालक सिंह स्वस्थ्य भए ।
मेडिकल उपचार गराउनु पर्छ महिला सशक्तिकरण कार्यक्रमको तालिमको नै उपज हो । यहाँ तालिमले व्यक्तिको विश्वासमा नै मात्र परिवर्तन गराएन बरु ब्यबहारमा परिवर्तन देखियो । अहिले उनी दुबै महिला गाउघरमा मेडिकल इलाज गराउनु पर्दछ , हिमैतिको प्रचारक हुन् ।

कथा २
नमूना महिला र परिवर्तित पुरुष
एक राम्रो परिवारमा लालनपालन भएको सुनिता शर्माको विवाह २० बर्ष अगाडि बलरा ४ सर्लाही निवासी अनिल कुमार शर्मासँग भएको थियो । अनिल शर्मा सामान्य परिवारको भएपनि बढी रक्सी खान्थ्यो । विहे भएको ५ बर्षभित्र २ वटा सन्तान भए । अनिल दिनहु रक्सी खाने ,परिवारमा कलह गर्ने पडोसीसँग झगडा गथ्र्याे । यसबाट सुनिता आप्mनो भाग्यलाई दोष दिने काम गर्थिन् । त्यसैबेला काका सामुदायिक सिकाइ केन्द्रबाट आयोजित महिला सशक्तिकरण कार्यक्रममा उनी सहभागी भइन् र उनको जीवनमा निम्नानुसाको परिवर्तन भयो ।
तालिम प्राप्त गरेपछि रक्सी खाने श्रीमान्संग एक दिन मिठो स्वरमा कुरा ग्रिन् । म कस्तो परिवार बाट आएको र यहाँ पारिवारिक वातावरण कस्तो छ रु छिमेकीसँग हाम्रो कस्तो सम्वन्ध छ रु भन्ने चर्चा गर्दै निम्नानुसारको तीन कुरा संयुक्त रुपमा गर्न तय गरिन् ।
१. श्रीमानको रुचीअनुसार खाना पकाई पुरै परिवार साथसाथ खाना खाने ।
२. सन्तानसँग समय बिताउने ।
३. रक्सी खान छाड्ने ।
सुनिताको व्यवहारको परिमार्जनको नतिजा सकारात्मक आयो । अनिल रक्सी खान छोड्यो । परिवारमा झगडा गर्न बन्द गर्यो र छिमेकीसँग सौहर्दपूर्ण व्यवहार गर्न थाल्यो । सुनिता अनिलको पसंदको खान दिन थाल्यो, परिवार र संतानसँग समय दिन अनिल सुरु गर्यो । बच्चाहरु विद्यालय जान थाले यो चर्चा टोल छिमेकीहरुमा हुन थाल्यो र यस परिवारप्रति समाजमा सकारात्मक भावना आयो ।
यसप्रकार, काका सामुदायिक सिकाइ केन्द्रबाट आयोजित महिला सशक्तिकरण तालिम लिएको सुनिता परिवर्तनको एक वाहक बनिन् । उनी आफनो ४१ वर्षीय पतिको व्यवहारमा सकारात्मक परिवर्तन गराउन सफल भइन् । हाल सुनिता समाजमा एक नमुना महिलाको रुपमा स्थापित हुन पुगकीे छिन् र अनिल एक परिवर्तित पुरुषको रुपमा ।

कथा ३
बालिका हितका सल्लाहकार
२७ वर्षीय ललिता देवी बलरा नगरपालिका वडा न. १०, सात कक्षासम्म शिक्षा हासिल गरेकी एक गृहणी महिला हुुन् । निरक्षर आमा बुबा उनको विहे १७ वर्षकै उमेरमा नै गरिदिए । उनको विहे बालकालमा भएको कारण उनीसँग पारिवारिक जिम्मेवारीको कुनै ज्ञान थिएन तापनि विहे भएपछि सासू ससुरा , श्रीमान् र तीनटा छोरीको हेरचार गर्ने सम्पूर्ण जिम्मेवारी उनलाई नै थियो । उनलाई घरभन्दा बाहिर जान अनुमति थिएन । एक दिन राजकुमार सिंहको दरबाजामा काका साम्ुदायिक सिकाइ केन्द्र द्वारा आयोजित सामाजिक कुरीति बालबिवाह, केटी भू्रण हत्या, दहेज प्रथा, रक्सी खाने आदिसँग सम्बन्धित डकुमेन्टरी फिल्म देखाउने कार्यक्रम थियो र उनले आफनो नन्द सुशीलासँग हेर्न जाने अवसर पाइन् । फिल्मको विषयवस्तु बालबिबाहसमेत थियो र उनलाई आफनो बालबिबाहको साथै कम उमेरमा जन्मेको बच्चाको मृत्युको समझना समेत भयो ।
एक दिन केही पाहुनाहरु आए उहाँहरुको खाजा र चिया बनाउने क्रममा पाहुनाहरुको बीच जेठी छोरी सुमित्रा को विवाहको चर्चा सुनिन् । नन्द सुशीलासँग यस कुराबाट सत्यापित भएपछि ललिताले बालबिबाहको बिरोधमा एक अडान लिइन् र सुशिला लाई भनिन्, “ सुमित्रा फुच्ची छिन् र विद्यालयमा अध्यरन्त छिन् । एउटा परिवार चलाउनको लागि तयार भएकी छैन, बालबिबाहको कारण म जसरी पिडित भएँ त्यस्तै छोरीलाई पिडित हुन दिन्नँ ।” ललिता यहीँ मानिनन् उनी आफनो पति चुनचुनसँग पनि कुरा गरिन् कि बालबिबाहबाट हामी कसरी पिडित भयौँ । उनी तर्कसहित श्रीमान्लाई भनिन् ।
१.सुमित्रालाई गाउँको विद्यालयमा नै १२ कक्षा सम्म पढाउँछु ।
२.सुमित्रालाई आत्मनिर्भर हुनु र सिपयुतm हुनुभन्दा त्यसको बिबाह ठुलो कुरा होइन।
३.छोरीलाई बालबिबाहबाट जोगाउन मेरो दायित्व भएको हुनाले म यो बिबाह हुन दिन्नँ ।
चुनचुन ललिताको कुरासँग सहमती जनाए र यो बिबाहको कुरालाई स्थगित गर्यो ।
यसप्रकार बालबिबाह रोकेर ललिताले आफनो गाउँमा एक नमुना महिलाको रुपमा स्थापित भइन् । आजकल महिलाहरु केटीलाई राम्रो अवसर दिनको लागि ललितासँग सरसल्लाह गर्ने गर्दछन् ।

४ं सफलताको कथा
प्रेम आप्नो सफलता देखेर आफैँ दङ्ग
बेमौसमी तरकारीको तालिम लिएर आयआर्जन गर्ने उदेश्यले तरकारी खेती थालेका सर्लाहीको बलरा नगरपालिका ४ का प्रेम सहनी तरकारी उत्पादन देखेर अहिले आफैँ दङ्ग परेका छन् ।
दुई चोटि लगाएको तरकारीलाई मौसमले बिगारे पनि हतास र निराश नभई अर्को खेती थालेका सहनीको परिश्रमलाई प्रकृतिले पनि साथ दिएको हो । अहिले सहनीले फलाएको लौका गाउँटोलका मात्र नभई सडकमा हिँड्ने जो कोहीको लागि आकर्षणको केन्द्र बनेको छ ।
गत वर्ष २०१९,अप्रिल ८ देखि १२ तारिख सम्म युनेस्कोको सहयोगमा सर्लाहीको बलरास्थित काका सामुदायिक सिकाइ केन्द्रले प्लास्टिक टनेल बनाई बिरुवाको स्याहार गर्ने तालिम दिएको थियो । तालिममा सहनीसमेत २० जना सहभागी थिए ।
साथै विभिन्न प्रकारका तरकारीको उत्पादन, भण्डारण तथा बजार व्यवस्थापन समेतको सैद्धान्तिक र अभ्यासमूलक कार्यहरू गराइएको थियो । हुरी बतास र वर्षाको मौसम आएपछि प्लास्टिक टनेललाई फोल्ड गरी राखिएको छ ।्
तालिम सम्पन्न भएपछि सहनीले सोही जग्गामा भदौ महिनामा भन्टाको विरुवा रोपेर ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रयास गरे तर बाढीको पानीले भन्टाबारीलाई डुबाएपछि भन्टाको बिरुवालाई धेरै नोक्सान पु¥यायो ।
भन्टा खेतीमा बाढी पसे पनि सहनीको उत्साहमा कुनै कमी आएन । गत मंसिरमा सहनीले चुकन्दर खेती गरे । तर लगातारको बेमौसमी वर्षाले चुकन्दर खेतीलाई एक किसिमले सखाप नै पारिदियो ।
चुकन्दर खेतीलाई सखाप पारे पनि भन्टा खेतीमध्येको केही झारले राम्रो उत्पादन दिन थालेको अवस्थामा सहनीले लगाएको लौकाले भने उनको सबै परिश्रमलाई सार्थक बनाइदिएको छ । लकडाउनको समयमा उनको भन्टाले पनि उत्पादन दिन थालेको र लौकाले रहरलाग्दो उत्पादन दिन
थालेपछि सहनी हर्षित भएका छन् । धैर्य र आँट भएमा परिश्रमले सार्थक परिणाम दिनेमा विश्वस्त रहेका सहनी अहिले लौका फलेको देखेर आफैँ दङ्ग परेका छन् ।
अहिले प्लास्टिक टनेलको भित्री भागमा लौका, घिरौला र क्राँक्रोको उत्पादन पनि प्रशस्त मात्रामा भएको छ । यी उत्पादनहरुले लकडाउनको अवस्थामा स्थानीयबासीको तरकारी सम्बन्धी केही आवश्यकता पूरा गरेको छ । तरकारी खेतीको सपना पूरा भएको भन्दै सहनीले तालिमका सहजकर्ता उदयप्रताप देव, काका सामुदायिक सिकाइ केन्द्र र यूनेस्को काठमार्डौं अफिसप्रति आभार व्यक्त गर्दछन् ।आफूलाई आयआर्जनको बाटोमा डो¥याउन र तरकारी खेतीको माध्यमबाट समाजसेवामा लाग्न सहयोग पु¥याएको भन्दै सहनी परिवार नै खुसी देखिएको छ ।
प्रेम सहनी जस्तै अरु तालिमका नवौ जना सहभागीहरु पनि विभिन्न प्रकारका वेमौसमी र मौसमी दुवै तरकारीहरु उत्पादन गरी आय आर्जन गरिरहेका छन् ।
धैर्य ,दृढता र कडा मेहनत को नतिजा सकरात्मक नै आउँछ । सहनी मौसमी र वेमौसमी दुवै तरकारी उत्पादन गर्दछ तरकारीको आम्दानी बाट माछा पालन को लागि दुईटा पोखरी हाल सम्म लिएको छ । पूरा परिवार प्रसन्न छन् । तरकारी गरेको आयबाट दुई छाक मात्र टलथियो ।
काका सामुदायिक सिकाइ केन्द्र का अध्यक्ष कमलेश्वर कुमार सिन्हा ले भन्नु भएको छ कि तालिम पछि सहभागिहरुको मनोवृति र व्यवहारमा प्रशंसनीय परिवर्तन भएको छ । सबैलाई दुई गुणा आम्दानी बढाएको छ । कोविड–१९को बेला वहाँको तरकारी उत्पादन स्थानीय माँंगलाई धैरैहद सम्म पूरा गरेको छ ।
सिन्हा र वहाँ को व्यवस्थापन समिति युनेस्कोको साथै अन्य निकायहरु जसले हामीलाई उत्साहित र सहयोग गरेको छ । वहाँ प्रति आभारी छौँ । साथै आज हामीले जहाँ हामी पुगेका छौ ,त्यसमा नेपाल सरकार एवं स्थानीय निकायको अहम् भुमिका रहेको छ ा हामी लाई लामो बाटो अझ हिड्न पर्दछ त्यसमा जसबाट र जहाँबाट विचार ,सल्लाह ,सुझाव र सहयोग प्राप्त हुन्छ त्यसको लागि बाटो खुल्ला गरेको छ ।